४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

घरमा दोस्रो विश्वयुद्धको ट्याङ्क राख्ने जर्मन वृद्धलाई ठूलो जरिवाना

घरमा दोस्रो विश्वयुद्धको ट्याङ्क राख्ने जर्मन वृद्धलाई ठूलो जरिवाना
अ+ अ-

जर्मन । जर्मनीमा सेवानिवृत्त एक वृद्धलाई अवैध हातहतियार राखेको अभियोगमा दोषी ठहर गरिएको छ। उनको स्वामित्वमा एउटा ट्याङ्कसहित हतियारको ठूलो भण्डार फेला परेको थियो।

ती ८४ वर्षीय व्यक्तिलाई १४ महिनाको जेल सजाय र अढाई लाख युरो अर्थात् झन्डै तीन करोड ५३ लाख रुपैयाँ जरिवाना सुनाइएको छ। तर उनले तत्काल जेल जानुपर्ने छैन।

गोपनीयतासम्बन्धी जर्मन कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन।

उक्त ट्याङ्क र दोस्रो विश्वयुद्धताका प्रयोग गरिएका अन्य सैन्य उपकरण उत्तरी सहर हाइकेन्डोर्फमा सन् २०१५ मा बरामद भएका थिए।

ती सामग्री हटाउन सेनाको सहयोग लिइएको थियो।

आदेशमा अरू के छ ?
जर्मनीको एउटा अदालतले सोमवार ती व्यक्तिलाई उक्त ट्याङ्क र एउटा विमानभेदक तोप दुई वर्षभित्र बेच्न वा कुनै सङ्ग्रहालय वा सङ्कलकलाई दिन आदेश दिएको छ। ती व्यक्तिका वकिलका अनुसार एउटा अमेरिकी सङ्ग्रहालयले उक्त 'प्यान्थर ट्याङ्क' किन्न रुचि देखाएको छ। 

धेरै अमेरिकी इतिहासकारले जर्मनीले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका त्यस्ता साधनमध्ये उक्त ट्याङ्क सबैभन्दा प्रभावकारी भएको मान्यता राखेका छन्।

ती वकिललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार केही जर्मन सङ्कलकले पनि राइफल र पिस्तोलजस्ता अन्य सामग्री लिन सम्पर्क गरेका छन्।

स्थानीय अधिकारीहरूले बर्लिनस्थित सहकर्मीबाट प्राप्त सूचनाका आधारमा सन् २०१५ मा ती वृद्धको घरमा छापा मारेका थिए।
चोरिएका नाजी कलाकृति खोज्न पहिला पनि उनको घरमा खानतलासी गरिएको थियो।

त्यहाँबाट ट्र्याकबिनाको प्यान्थर ट्याङ्क निकाल्न २० सैनिकलाई झन्डै नौ घण्टा लागेको थियो।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ती व्यक्तिले एकचोटि हिउँ हटाउन उक्त ट्याङ्क प्रयोग गरेको देखिएको थियो। (बीबीसी)