२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति



अ+ अ-

बेइजिङ । बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् ।

बेलाइतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् ।

बेलाइत सरकारले मन्त्री ग्रेग दुईदिने भ्रमणको क्रममा ताइवान पुगेका तथा राष्ट्रपति साई इङ–वेनलाई भेटेका बताएको थियो । बेलाइत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उनी ताइपेइ पुगेका थिए ।

ताइवानले हालसम्म १४ राष्ट्रसँगमात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । बेइजिङको आग्रहमा संयुक्त राष्ट्रसङ्घ र अन्य प्रमुख बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइपेइ वञ्चित भएको छ । यद्यपि बेइजिङको निन्दा र धम्कीका बाबजुद ताइवानको लोकतन्त्र फस्टाउँदै गएको छ भने उच्च प्रविधियुक्त अर्थतन्त्रसहित एसिया–प्रशान्त क्षेत्रमा रणनीतिक उपस्थितिले बाह्य जगत्बाट उसले बलियो समर्थन प्राप्त गरेको छ ।

केही समयअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन–अमेरिका विवाद चरमचुलीमा पुगेको थियोभने चीनले ताइवान नजिक क्षेप्यास्त्र प्रक्षेपणसहितको सैन्यअभ्यास गरेर ताइवानलाई दबाउनसक्ने आफ्नो सामथ्र्य प्रस्तुत गरेको थियो ।