७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।”

गुरुनानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक तथा आदिगुरु गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानक एक समाज सुधारक धार्मिक गुरु हुनुहुन्थ्यो । गुरुनानकले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीति विरूद्ध मानिसलाई सचेत गराउने काम गर्नुभएको थियो । गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिने विना भेदभाव निःशुल्क सामूहिक भोजन गर्न ‘लंगर परम्परा’ लाई यसैको एक कडीको रूपमा लिन सकिन्छ ।