• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रश्तुत–तस्बिरहरु



काठमाडौँ । नेपाली चलचित्र ‘लाखे’ को टिमले काठमाडौंमा लाखे नाच प्रश्तुत गरेको छ ।

सोमवार काठमाडौंको गोंगबुस्थित बिजी मल अगाडि लाखे नृत्य प्रश्तुत गरेको हो । कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । चलचित्रको प्रचारका लागि चलचित्र निर्माण टिमले मुखुण्डो लगाएर चलचित्रको प््रचारका लागि प्रयोग गरेको हो ।

कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले नेपाली चलचित्र लाखेलाई सबै नेपालीहरुले हेर्नुपर्ने चलचित्र रहेको बताउनु भयो । त्यस्तै अभिनेता प्रशान्त ताम्राकार र आर्यन अधिकारीले पनि नेपालीहरुले नेपाली चलचित्रलाई माया गरेर हलमा पुगी चलचित्र हेर्नेमा आशावादी रहेको बताउनु भयो । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम साही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।

सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ । सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् ।

निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । चलचित्र टिमले गत शुक्रवारबाट देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्रको प्रचारप्रसार गरिरहेको छ । चलचित्रको प्रचारप्रसारका लागि नै चलचित्र निर्माण टिमले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

गत शुक्रवारबाट प्रदर्शनमा आएपनि चलचित्रले उल्लेख्य सफलता भने हासिल गर्न सकेको छैन । कार्तिक १२ गते प्रदर्शनमा आएको चलचित्र महापुरुष हेर्ने दर्शकहरु दोस्रो सातामा पनि बढीरहँदा लाखेले भने सोचेअनुसारको दर्शकहरु पाउनसकेको छैन ।