२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३२ केभीको सुनवल सबस्टेसन निर्माण कार्य एक महिनामा सकिने



फाईल फोटो
अ+ अ-

नवलपरासी । निर्माणाधीन सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माणाधीन १३२ केभीको सबस्टेसन त्यस क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्नेगरी एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको विद्युत प्राधिकरणले बताएको छ ।

प्राधिकरणले बताए अनुसार १३२र३३र११ केभी सबस्टेसनमा ६३ एमभीएका दुईवटा र २२।५ एमभीएको एक वटा पावर ट्रान्सफर्मर रहने छन् भने स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको टोलीले सबस्टेसनको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ ।

‘कार्यकारी निर्देशक घिसिङले सुनवल सबस्टेसन चालूसँगै विद्युत समस्या हट्नेको साथै प्राविधिक चुहावट पनि घट्ने बताए । उनले भने, ‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ।’