एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लासँग ३–१ गोलको हार ब्यहोरेको हो ।
घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लालाई जित दिलाउन खेलको ७ औं मिनेटमा लिओन बेली, ११ औं मिनेटमा लुकास डिग्ने र ४९ औं मिनेटमा जाकोब राम्सेले गोल गरे । ४५ औं मिनेटमा जाकोब राम्सेले आत्मघाती गोल गरेपछि युनाइटेडले एक गोल उपहारस्वरुप पायो ।
भिल्लाको मुख्य प्रशिक्षक सम्हालेका युनाइ एम्रीले पहिलो खेलमै युनाइटेडविरुद्ध सानदार जित निकाले ।
पराजित युनाइटेड १३ खेलबाट २३ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने एस्टन भिल्ला १४ खेलबाट १५ अंकसहित १३ औं स्थानमा छ ।