४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरसम्ममा दुई लाख कोरोना संक्रमित थपिन सक्ने



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो मङ्सिरसम्म एक लाख ९३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ ।

प्रतिनिधि सभाअन्तर्गतको  शिक्षा  तथा  स्वास्थ्य  समितिमा  बिहीबार  स्वास्थ्य  मन्त्रालयको  नीति,  योजना  तथा  अनुगमन  महाशाखाका  प्रमुख  डा। गुणराज लोहनीले सो प्रक्षेपण प्रस्तुत गरेका हुन् ।

नयाँ सङ्क्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य  मन्त्रालयका  प्रवक्ता  डा.  कृष्णप्रसाद  पौडेलले  तीमध्ये  नौ  हजार  ६९३  जनालाई  सघन  उपचार  कक्ष  (आईसीयू)को आवश्यकता हुनसक्ने बताएको समाचार गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।