२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले हार ब्यहोरेको छ छ ।

एडिलेटमा आइतबार भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि रिली रस्सोले २५ रन जोड्दा हेन्रिच क्लासेनले २१ तथा कप्तान टेम्बा बाभुमाले २० रन बनाए भने डेभिड मिलर र एडिन मार्क्रमले समान १७–१७ रन बनाए ।

नेदरल्यान्ड्सका ब्राण्डोन ग्लोभरले ३ तथा बास डी लिड र फ्रेड क्लासेनले २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले अविजित रहदै ४१ रन जोडे । यस्तै, स्टेफान ब्रोघले ३७ रन, टम कुपरले ३५ रन तथा म्याक्स ओडोडले २९ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ तथा एन्रिच नोर्किया र एडिन मार्क्रमले १–१ विकेट लिए । नेदरल्यान्ड्ससँगको हारसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ ।

दक्षिण अफ्रिका ५ खेलमा ५ अंक जोडेर समूह २ को दोस्रो स्थानमा छ । यस समूहबाट ६ अंक जोडेर भारत सेमिफाइनलमा पुगिसकेको छ भने दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा पाकिस्तान र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।