६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा क्यानडा ८ विकेटले पराजित, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले क्यानडालाई पराजित गरेको छ । 

सोमबार दिउँसो ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । 

८१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपालका लागि आरिफ शेखले १६ बलमा १७ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेल ३७ बलमा ३४ रनसहित र दिपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रनमा अविजित रहे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा ८० रनमात्र जोड्यो । 

क्यानडाका डिलन हेलिगरले २२ बलमा २४ रन जोड्दै नटआउट रहँदा नवनीत धालिवालले १४ बलमा १८ रन, र्यान पठानले ११ बलमा १४ रन र सलमान नजरले ९ बलमा १० जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालका लागि सन्दीप लामिछानेले ३, कमल ऐरी र अविनाश बोहराले २ र कुशल मल्लले १ विकेट लिए । 

क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्न सफल रह्यो । 

यस्तै, ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको छ भने क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि (मंगलबार) खेल्नेछ। ओमानको भेट  ‘ए’ को विजेता आयरल्याण्डसँग हुनेछ । 

फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।