१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा क्यानडा ८ विकेटले पराजित, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले क्यानडालाई पराजित गरेको छ । 

सोमबार दिउँसो ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । 

८१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपालका लागि आरिफ शेखले १६ बलमा १७ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेल ३७ बलमा ३४ रनसहित र दिपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रनमा अविजित रहे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा ८० रनमात्र जोड्यो । 

क्यानडाका डिलन हेलिगरले २२ बलमा २४ रन जोड्दै नटआउट रहँदा नवनीत धालिवालले १४ बलमा १८ रन, र्यान पठानले ११ बलमा १४ रन र सलमान नजरले ९ बलमा १० जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालका लागि सन्दीप लामिछानेले ३, कमल ऐरी र अविनाश बोहराले २ र कुशल मल्लले १ विकेट लिए । 

क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्न सफल रह्यो । 

यस्तै, ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको छ भने क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि (मंगलबार) खेल्नेछ। ओमानको भेट  ‘ए’ को विजेता आयरल्याण्डसँग हुनेछ । 

फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।