• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई पाखा लगाउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा

ला लिगाः बार्सिलोनाको सहज जित, पिकेद्वारा फुटबलबाट सन्यास



BARCELONA, SPAIN – NOVEMBER 05: Gerard Pique of FC Barcelona react as they speak to the fans after the LaLiga Santander match between FC Barcelona and UD Almeria at Spotify Camp Nou on November 05, 2022 in Barcelona, Spain. (Photo by Alex Caparros/Getty Images)

एजेन्सी । स्पेनिस फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियालाई २–० गोलले पराजित गरेको हो ।

खेलको ४८ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, ६२ औं मिनेटमा फ्रेङ्की डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र बार्सिलोना २–० गोलले विजयी बन्यो ।

यसै खेलबाट बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यास लिए । घरेलु मैदान क्याम्प नोउमा हजारौं घरेलु दर्शकबीच उनले सन्यासको घोषणा गरे ।

उनी २००८ मा म्यान्चेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका पिकेले आठ ला लिगा, तीन च्याम्पियन्स लिग र सात कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन् ।

स्पेनका लागि १०२ क्यापसहित पिकेले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । स्पेनले २०१२ को युरोकप र ​​२०१० को विश्वकप जित्दा उनी त्यस टोलीका सदस्य थिए ।