२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको नाता सम्झी मत दिनुहोस्ः उम्मेदवार गुरुङ



अ+ अ-

हेमजा। कास्की क्षेत्र नं. ३ प्रदेश १ अन्तरगत नेकपा एमालेका उम्मेद्वार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई बिश्वास गरेर मत दिने बताउनु भएको छ ।

चुनावी अभियान अन्तरगत घरदैलोका क्रममा शनिवार गृह वडा माछापुच्छे« ७ धम्पुसमा भएका विभिन्न कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ‘मैले तरुल खनेको वन यही हो, म हुर्केको ठाँउ यहि हो, यहाँ मेरो रगत, माटो तथा भुगोलको सम्बन्ध छ, यो धम्पुस मेरो प्राण भन्दा पनि प्यारो छ उनले भने ।मेरो जीतका लागि धम्पुसवासी सबै पार्टीभन्दा माथि उठी स्थानीयका नाताले मत दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु ।’

धम्पुसमा पर्यटन, जल, जमिन, जडिबुटी लगायतको समुचित प्रयोग गरी विकास गर्ने पनि गुरुङले आफ्नो उम्मेदवारी आम धम्पुसवासीको भएकाे बताउनु भयो । चुनाव जिते पनि हारे पनि खानीगाउँमा पानीको सहजता तथा खेल मैदान निर्माण, कोत्लेदेखि ल्वाङ र घान्द्रुक जोड्ने सडक स्तरउन्नती लगायतका विकासमा आफ्नो पहल रहने उम्मेदवार गुरुङले स्पष्ट पार्नुभयो । केही नागरिकहरुले स्वःस्फुर्त रुपमा गणेशमान जिताऊ अभियान सुरु गरिसक्नुभएको छ, म त्यसमा होमिन आम धम्पुसवासी समक्ष आग्रह गर्दछु गुरुङले भन्नुभयो ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी वलीले नेपालको समृद्धि लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताउनुभयो । धम्पुस पर्यटकीय गाउँ हो, त्यहाँको विकासका लागि पर्यटन चिनेको धम्पुसकै छोरा चुनावी मैदान होमिएको छ, त्यसैले उक्त उम्मेदवारले अत्याधिक मत पाउनु पर्दछ भन्ने हो,नेतृ गिरीले भन्नुभयो ।

कोणसभामा एमाले प्रदेश सदस्य लालबहादुर परियार, वामपन्थी बुद्धिजिवी पूर्ण गिरी, गणेशमान् जिताऊ अभियानका प्रेम सुनार, एमालेका स्थानीय नेताहरु सम गुरुङ, अमर गुरुङ, गोविन्द भण्डारी, यमबहादुर गुरुङ, चन्द्रबहादुर विक, कुलप्रसाद भण्डारी, हरिप्रसाद विक, स्थानीयहरु कृष्ण विक, थमन विक लगायतले पनि धारणा राख्नुभएको थियो ।