• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधारः निजी चिकित्सक



एजेन्सी । हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको शुक्रबार उनका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

एक बन्दुकधारीले उनलाई विरोध प्रदर्शनका क्रममा आक्रमण गर्दा उहाँसहित करिब १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको र उनी आक्रमणकारीमध्ये एक भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक समाचारहरूमा बताएका छन् । गत अप्रिलमा खानलाई सत्ताच्युत गरे यता दक्षिण एसियाली राष्ट्र, पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ ।

पूर्व प्रधानमन्त्री खानका चिकित्सक फैजल सुल्तानले पूर्वी शहर लाहोरको एक अस्पतालबाट शुक्रबार एएफपीलाई बताएअनुसार खानको खुट्टामा गोली लागेको छ । उनले शुक्रबार नै अस्पताल बाहिर आफ्ना समर्थक र सञ्चारमाध्यमलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहेका थिए ।

इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उहाँ यात्रारत सवारी साधनमा पेस्तोलद्वारा गोली हानेको थियो ।

आक्रमणका समय खानका पछाडि उभिएको बताउँदै पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग भने, “अगाडिको पङ्तीमा उभिएका सबैलाई गोलीको छर्रा लागेको छ ।” बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उनले बताए ।

एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ । आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन् । उनले मुस्लिम समुदायलाई दिनको पाँच पटक मस्जिदमा प्रार्थनामा जान अवरोध पुर्याएको भन्दै कोलाहलपूर्ण जुलुसप्रति आफू रुष्ट भएको बताए ।

सरकारका आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले यो आक्रमण ‘धार्मिक अतिवादको स्पष्ट उदाहरण’ भएको बताएका छन् । “भिडियोमा अभियुक्तले लगाएको आरोप निकै कहालिलाग्दो छ,” उनले पत्रकार सम्मेलनमा भने ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)पार्टीले भने यसलाई ‘षडयन्त्र’को संज्ञा दिँदै सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ ।

पञ्जाब सरकारका अधिकारीहरूले नाभिद अहमदको रूपमा नामाकरण गरेका आरोपी खानलाई गोली हानिएको प्रदर्शनस्थल नजिकैको एक गरीब गाउँका भएको बताएका छन् । छिमेकीहरूले एएफपीलाई बताएअनुसार अहमदका (काका)एक ‘साधारण मान्छे’ थिए र उनको कुनै स्पष्ट धार्मिक वा राजनीतिक झुकाव थिएन ।

पाकिस्तानमा दक्षिणपन्थी धार्मिक समूहहरूको जनसङ्ख्यामा ठूलो प्रभाब छ ।साथै पाकिस्तान लामो समयदेखि इस्लामी उग्रवादसँग जुधिरहेको छ । खानमाथि यसअघि पनि आफ्नो समर्थनको आधार फराकिलो बनाउन धार्मिक भावना भड्काएको आरोप लाग्दै आएको थियो ।