८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधारः निजी चिकित्सक

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको स्वास्थ्यमा क्रमिक सुधारः निजी चिकित्सक
अ+ अ-

एजेन्सी । हत्याको असफल प्रयासपछि घाइते अवस्थामा अस्पताल भर्ना भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको शुक्रबार उनका निजी चिकित्सकले अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

एक बन्दुकधारीले उनलाई विरोध प्रदर्शनका क्रममा आक्रमण गर्दा उहाँसहित करिब १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको र उनी आक्रमणकारीमध्ये एक भएको स्थानीय सञ्चारमाध्यमले प्रारम्भिक समाचारहरूमा बताएका छन् । गत अप्रिलमा खानलाई सत्ताच्युत गरे यता दक्षिण एसियाली राष्ट्र, पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ ।

पूर्व प्रधानमन्त्री खानका चिकित्सक फैजल सुल्तानले पूर्वी शहर लाहोरको एक अस्पतालबाट शुक्रबार एएफपीलाई बताएअनुसार खानको खुट्टामा गोली लागेको छ । उनले शुक्रबार नै अस्पताल बाहिर आफ्ना समर्थक र सञ्चारमाध्यमलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहेका थिए ।

इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उहाँ यात्रारत सवारी साधनमा पेस्तोलद्वारा गोली हानेको थियो ।

आक्रमणका समय खानका पछाडि उभिएको बताउँदै पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग भने, “अगाडिको पङ्तीमा उभिएका सबैलाई गोलीको छर्रा लागेको छ ।” बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उनले बताए ।

एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ । आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन् । उनले मुस्लिम समुदायलाई दिनको पाँच पटक मस्जिदमा प्रार्थनामा जान अवरोध पुर्याएको भन्दै कोलाहलपूर्ण जुलुसप्रति आफू रुष्ट भएको बताए ।

सरकारका आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले यो आक्रमण ‘धार्मिक अतिवादको स्पष्ट उदाहरण’ भएको बताएका छन् । “भिडियोमा अभियुक्तले लगाएको आरोप निकै कहालिलाग्दो छ,” उनले पत्रकार सम्मेलनमा भने ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)पार्टीले भने यसलाई ‘षडयन्त्र’को संज्ञा दिँदै सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ ।

पञ्जाब सरकारका अधिकारीहरूले नाभिद अहमदको रूपमा नामाकरण गरेका आरोपी खानलाई गोली हानिएको प्रदर्शनस्थल नजिकैको एक गरीब गाउँका भएको बताएका छन् । छिमेकीहरूले एएफपीलाई बताएअनुसार अहमदका (काका)एक ‘साधारण मान्छे’ थिए र उनको कुनै स्पष्ट धार्मिक वा राजनीतिक झुकाव थिएन ।

पाकिस्तानमा दक्षिणपन्थी धार्मिक समूहहरूको जनसङ्ख्यामा ठूलो प्रभाब छ ।साथै पाकिस्तान लामो समयदेखि इस्लामी उग्रवादसँग जुधिरहेको छ । खानमाथि यसअघि पनि आफ्नो समर्थनको आधार फराकिलो बनाउन धार्मिक भावना भड्काएको आरोप लाग्दै आएको थियो ।