१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस धनगढी उपमहानगर कमिटी अध्यक्ष रेग्मीसहितका नेताकार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

धनगढी । नेकपा एकीकृत समाजवादीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा आज बिहान आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे ।

एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादीको जनवर्गीय संगठन युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा लगायत छन् ।

यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायतका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

यस्तै गुल्मीमा नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली, प्रकाश खत्री नारायण पन्थी लगायत एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (एमाले) का सचिव तथा गुल्मी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले पार्टीमा स्वागत गरे ।