६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा ओलीको दुईवटा कुराको ग्यारेन्टी: विकासको मूलधारमा ल्याउने र मिचिएको जमिन फिर्ता ल्याउने(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि अर्कालाई नछाड्ने बताउनुभएको छ ।

दार्चुलामा एमालेको चुनावी सभामा उहाँले आफ्नो अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।राष्ट्रियतको प्रश्नमा एक इन्च जमिन पनि नछाडिने भन्दै अध्यक्ष ओलीले संसदबाट नक्सा जारी गरिसकेकाले अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछ।”