• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्नः निर्वाचन आयोग



आसन्न प्रतिनिधि सभा र प्रदेश सा निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्य सम्पन्न भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनकशिक्षा सामग्रीले मतपत्र छपाई कार्य सम्मपन गरेको हो । शुक्रवार जनकशिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताउनु भयो ।

उहाँले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिव ८ करोड २५ लाख मतपत्र छपाई भएको बताउनु भयो । निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताउनु भयो । उहाँले मतपत्र छाप्ने काम चुनौतिपूर्ण रहेपनि समय भन्दा अगावै सबैको सहयोगमा छपाई कार्य सम्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै पक्षबाट मतपत्र छपाई चुनौतिको रुपमा लिने हो, तर आयोगले र आयोगसँग सम्वद्ध मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीहरुले यसलाई अवसरको रुपमा लिनुभएको छ । निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो, तर सेड्युल भन्दा दुई दिन अगावै मतपत्र छपाई सकियो ।

नमूना मतपत्र २२ लाख, सक्कली मतपत्र ८ करोड ३ लाख ९४ हजार ५ सय गर्दा करिव ८ करोड २५ लाख मतपत्र छपाई भएको छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा बाँकी छ, यो छिटै हुन्छ । चुनौतिपूर्ण काम छाप्ने थियो, ढुवानी छिटै हुन्छ । छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै थियो । तर यसलाई सहज रुपमा छापिएको छ । निर्वाचन प्रक्रियामा सामेल हुने प्रयोजनको लागि मतपत्र छापिने क्रममा सहयोग र सद्भावले काम गरेर दुई दिन अगावै सक्नुभयो ।’

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।