२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायीहरुद्वारा सडक आन्दोलन सुरु



अ+ अ-

काठमाडाैं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन ।

उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरु मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनु परेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो ।

उहाँले स्वदेशी उद्योगी, व्यवसायीहरुलाई मारमा पार्ने काम बैंक तथा वित्तिय संस्थाहरुले गरेकाले मुलुकको अनधिकृत व्यापार फष्टयाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । व्यवसायीहरुले सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनिकरणका लागि सुझाव दिन गठित उच्च स्तरीय समन्वय समितिले कामै नगरेकामा पनि आक्रोश पोखेका छन । उपाध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘एक अंकले बढि नहुने गरी व्याजदर कायम गर्न सरकारसँग माग गर्दछौं । त्यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्न नीतिगत व्यवस्था पनि तत्कालका लागि खारेज गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुको गम्भिर ध्यानाकर्षण गराउँदछौं । ६ महिना नपुग्दै बैंक तथा वित्तिय संस्थाहरुले दोब्बर ब्याजदर वृद्धि गरी आफूहरुलाई आतंकित बनाएकोमा हामी आजित छौं ।’

विरोध प्रर्दशनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए । उनीहरुले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढि ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरु पनि प्रर्दशन गरेका थिए ।

महासंघले ब्याजदर घटाउनेलगायतमा माग राखि अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।