• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यकः उपाध्यक्ष पौडेल



बुटबल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ ।

शुक्रवार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उहाँले विशासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताउनु भयो ।

उहाँले नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहीतालाई ध्यान दिइ निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेको बताउनु भयो । उहाँले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिवद्धता पूरा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहीतालाई समेत ख्याल गर्दै निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेका छौँ । मतदाताको गुनलाई कहिल्यै बिर्सन सक्दैनौँ । हामीले विकासका आयोजनाहरु धेरै सञ्चालन गरेका छौँ । राजमार्ग चौडाहादेखि अन्य विकासका काम गरेका छौँ । भित्रि सडकको कालोपत्रे र स्तरोन्नती गर्नेछौँ । विकासको मार्गमा अघि बढाउन, जनताका, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि केन्द्रमा नेकपा एमालेको सरकार आवश्यक छ ।’उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गर्नुभयो ।