२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीका स्टार खेलाडी वेर्नरले विश्वकप गुमाउने



अ+ अ-

एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सुरु हुन केहीदिन मात्र बाँकी रहेको छ ।

यसैबीच, उपाधि दावेदार मानिएको जर्मनीलाई मुख्य खेलाडी टिमो वेर्नरको चोटको कारण ठूलो धक्का लागेको छ ।

बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड वेर्नरले विश्वकप गुमाउने भएका हुन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए ।

आरबी लाइप्जिगका लागि राम्रो लयमा रहेका वेर्नरको एन्कलमा चोट लागेको हो । उनी अब अर्को वर्ष मात्र फर्कने क्लबले जनाएको छ । जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ ।

जर्मनीबाट २०१८ को फिफा विश्वकप र युरो २०२० मा सानदार प्रदर्शन गरेका वेर्नरले विश्वकप गुमाउने भएपछि जर्मनीलाई धक्का लागेको हो ।