१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँः अधिवक्ता रिजाल

सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँः अधिवक्ता रिजाल
अ अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लव मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नुहुनेछ ।

आजको बहसपछि सञचारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताउनु भयो । उहाँले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नुभएको बताउनु भयो । उहाँले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गर्नुभयो । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सन्दीप लामिछानेको पक्षमा आफूहरुले दरो प्रमाण पेस गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले थुनछेक बहस ग-यौं, ४ जना वरिष्ठ अधिवक्ता र मुरारीजी र हामीले थुनछेक बहस ग-यौं । हामीले पुरानै प्रमाणहरु दलील ग-यौं । दुई वटा जन्मदर्ताका कुराहरु, बाँकी कुराहरु जुन सन्दीप लामिछानेले बयान दिनुभएको थियो । घुम्न गएको, होटलमा बसेको तर करणी भएको होइन भन्ने किसिमका पस्केका छौँ । अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठजीको बहस ४ः३० बजेसम्म भयो । भोलि सरकारी पक्षका वकीलहरुको जवाफ बाँकी छ ।

फस्ट आवरमा उहाँहरुले जवाफ पेस गर्नुहुनेछ । त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, सविताजीलगायतले बहस गरेका थियौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’

अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताउनु भयो । सन्दीपबिरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।