२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर रु ८९ करोड ८९ लाख सात हजार आठ सय ३० मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य झिनो अङ्कले उकालो लाग्दा ११ उपसमूहको भने ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख ११ हजार छ सय ८२ पुगेको छ । आज कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड तीन लाख ५१ हजार एक सय २० बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको संस्थापक शेयर रु तीन करोड ६० लाख १८ हजार, अरुण काबेली पावर रु तीन करोड ४५ लाख ४० हजार चार सय ९३, एनआइसी एशिया बैंक रु तीन करोड १७ लाख १६ हजार सात सय र शिवम् सिमेन्ट रु तीन करोड १६ लाख ३५ हजार चार सय ६० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार युनिलिभर नेपाल छ दशमलव ५६, नबिल ब्यालेन्स फण्ड पाँच दशमलब ९२, सेञ्चुरी बैंकको ऋणपत्र तीन दशमलब १८, सिटिजन म्युचुअल फण्ड दोस्रो दुई दशमलव ६८ र नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव २९ प्रतिशतले कमाएका छन् ।

यस्तै, विन नेपाल लघुवित्त चार दशमलव ९४, मन्दाकिनी हाइड्रोपावर चार दशमलब ९३, मैलुङ खोला जलविद्युत् कम्पनी चार दशमलब ४३ , ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ३१ र विशाल बजार कम्पनीका लगानीकर्ताले तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।