५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो



अ+ अ-

वासिङ्टन डिसी । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुकलिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्यूयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । 

कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले रासससँग संक्षिप्त कुरा गर्दै यस्ता प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत गर्ने बताउनुभयो । “चिया तथा कफीका लागि अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लाग्नुभएका व्यवसायीहरुले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी देखिन्छ ।”
 
अमेरिकामा विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दे आउनुभएका नेपाल टि एलएलसीका संस्थापक निश्चल बाँस्कोटा महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउनुहुन्छ । अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीहरुमा समेत सहभागिता जनाउँदै आउनुभएका बाँस्कोटा नेपालको अर्गानिक चियाको राम्रो बजार भएको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउनुहुन्छ । 

“हामीले अमेरिकाको बजारमा नेपालका कृषकहरुले उत्पादन गरेका अर्गानिक चियालाई सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “विश्व बजारमा चियामा उच्च प्रतिस्पर्धा छ तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत पाएकाले उपभोक्तामाझ पुर्याउन सहज महसुस गरेका छौँ ।”