२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखेले विदेशी फिल्मलाई पछार्छः अनुपविक्रम साही(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ ।

बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता अनुपविक्रम साहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गर्नुभयो ।

उहाँले चलचित्र एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र सोचेको भन्दा पनि राम्रो रहेको बताउनु भयो । उहाँले चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताउनु भयो ।

चलचित्रमा अनुपविक्रम साही, वर्षा राउत,सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । चलचित्र शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ ।