५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्याइँदै



अ+ अ-

कर्णाली । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पु¥याएको हो ।

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज दुई पटक सेनाको (एनए–०५५ इसियु इक्विेरल) हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्का कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकप्टरमार्फत मतपत्र ल्याउनुपरेको हो । “मतपत्र काठमाडौँबाट सुर्खेतसम्म गाडीमा ल्याइए पनि त्यहाँबाट हेलिकप्टरमा जुम्ला ओसार्ने काम भइरहेको छ”, गणपति थापाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा ठूलो क्षमतको ट्रकमा ल्याएका थियौँ तर यसपटकको विपद्ले सडक साँघुरो भएकाले हेलिकप्टरबाट मतपत्र ओसार्नुपरेको हो ।”

जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र सुरक्षित तवरबाट जुम्ला आइपुगेको छ । अब समानुपातिकतर्फको चार हजार मत आउन बाँकी रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत गौतमले भन्नुभयो, “जुम्लामा प्रतिनिधिसभका लागि प्रत्यक्षतर्फ ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।” आज सुर्खेतबाट हेलिकप्टरमार्फत प्रत्यक्षतर्फको मतपत्र जुम्ला ल्याइने उहाँले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ हजार छ सय ३८ मतदाता सङ्ख्या रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको मतदाता रहेका छन् ।