१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मिस अर्जेन्टिना र मिस पुएर्टो रिकोले गरे एकापसमा विवाह



अ+ अ-

काठमाडौं । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेका छन् । उनीहरुले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरेका हुन् ।

मारियाना भरेला र फाबिओला भ्यालेन्टिन सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा अर्जेन्टिना र पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए ।

उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरु सामाजिक सञ्जालमा नजिकका साथीहरू बनेका थिए। त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए ।

जहाँ उनीहरुले गत अक्टोबर २८ मा विवाह गरेका हुन् । पुएर्तो रिको सहरको अदालत बाहिर उभिएर खिचेको तस्बिर इन्स्टाग्राममा राख्दै ‘हाम्रो सम्बन्धलाई गोप्य राख्दै हामीले विशेष दिनका लागि ढोका खुला गरेका छौं,’ क्यापसन सहित फोटो पोस्ट गरेका थिए ।

फ्यान, सेलिब्रिटीहरु र पेजेन्टका अन्य प्रतिस्पर्धीले यो आकर्षक तस्वीर र घोषणाको लागि उनीहरुलाई बधाई दिएका छन् ।