• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

संविधान र जनताको हकहीतको सुरक्षाको लागि गठबन्धन: नेता बजगाईं(भिडीयोसहित)



काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरुले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बजगाईंले दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताउनु भयो । नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहरुले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई धेरै भन्दा धेरै मत दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले नेपालमा गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरुले गति लिने दाबी गर्नुभयो । उहाँले गोरखाको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीति दलप्रति वितृष्णा र दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको छ, त्यसलाई हामीले नै चिर्न सक्छौँ । लार्केलाई विशेष रुपले हेर्नुपर्नेछ । यहाँ प्रतिष्ठाको कुरा आयो, कसरी हामी हसियाहतौडामा मत हाल्ने, कसरी रुखमा मत हाल्ने रु हामीले यसअघि पनि एकअर्कालाई मत हालिसकेकाले यसलाई अफ्ठ्यारो नमानिकन भोट हाल्नुहोस् । भोलिको दिनमा हामी निर्वाचित भइसकेपछि यो गठबन्धन धेरै वर्ष टिक्नेछ । गोरखाको विकासका लागि म सदैव लागिपर्नेछु । नेपालमा अब गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरु तय हुनेछन् । संविधानको रक्षाका लागि हामी सदैव लागि पर्नेछौँ ।’

नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहीतको सुरक्षा गर्ने बताउनु भयो ।