२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था जोगाउन केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: बाबुराम भट्टराई(भिडीयोसहित)



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्था जोगाउन अझै केही समय कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् ।

गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका हुन् । उनले विगतका तीतामीठा कुरा बिर्सेर सङगै अगाडि बढ्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीको नाम नलिई एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए । गठबन्धनको जीत निश्चित भए पनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न मेहनत गर्नुपर्ने उनको भनाइ थियो ।

भट्टराईले भने, ‘विगतमा जे तीतामीठा भए, ती सबै कुरा बिर्सौं । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन । जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ । जब यो व्यवस्था बलियो हुन्छ त्यसपछि प्रतिस्पर्धा गरौला ।’