७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

व्यवस्था जोगाउन केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: बाबुराम भट्टराई(भिडीयोसहित)

व्यवस्था जोगाउन केही समय कांग्रेस-माओवादी सहकार्य आवश्यक छ: बाबुराम भट्टराई(भिडीयोसहित)
अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्था जोगाउन अझै केही समय कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् ।

गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका हुन् । उनले विगतका तीतामीठा कुरा बिर्सेर सङगै अगाडि बढ्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीको नाम नलिई एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए । गठबन्धनको जीत निश्चित भए पनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न मेहनत गर्नुपर्ने उनको भनाइ थियो ।

भट्टराईले भने, ‘विगतमा जे तीतामीठा भए, ती सबै कुरा बिर्सौं । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन । जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ । जब यो व्यवस्था बलियो हुन्छ त्यसपछि प्रतिस्पर्धा गरौला ।’