२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा अवैध संरचना हटाउन शुरु, उपमहानगरपालीकाले चलायो डोजर (तस्बिरहरु/भिडीयोसहित)



अ+ अ-

धनगढी । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु गरिएको छ ।

बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो ।

संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताउनु भयो । उहाँले बुधवारबाट शुरु भएको अभियानलाई निरन्तरता दिनेपनि बताउनु भयो ।

मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा ममहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनहरुमा डोजर चलाएको थियो ।