• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

धनगढीमा अवैध संरचना हटाउन शुरु, उपमहानगरपालीकाले चलायो डोजर (तस्बिरहरु/भिडीयोसहित)



धनगढी । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु गरिएको छ ।

बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो ।

संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताउनु भयो । उहाँले बुधवारबाट शुरु भएको अभियानलाई निरन्तरता दिनेपनि बताउनु भयो ।

मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा ममहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनहरुमा डोजर चलाएको थियो ।