• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   उपनिर्वाचन अपडेट: बझाङमा सर्वदलीय बैठक जारी ★   सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै ★   यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका ★   आईपीएलमा आज: गुजरात र बेंगलुरु भिड्दै, यस्तो छ हेड टु हेड ★   राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी ★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण



मङ्गलबारे । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो ।

कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो । यस परियोजनामा विशेष गरेर महिलाहरूले लगानी गरेको बताइएको छ । निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको हो ।

डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो । यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ । परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ । रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ ।

नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ । सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएको परियोजनाका इन्जिनियर सञ्जीव रोकाले बताउनुभयो । उहाँका अनुसार यहाँबाट मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ ।

नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस परियोजनाले अझ पर्यटक थप्ने अपेक्षा लिइएको छ । नगरमा पर्यटकको सङ्ख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले बताउनुभयो ।

सूर्योदय नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका हो । सोही कारण अहिले पनि धेरै भारतीय पर्यटक यहाँ आउने गरेका छन् । साहसिक पर्यटनसँगै साइकलका सौखिनहरु यहाँ आउने अपेक्षा लिइएको छ ।

सूर्योदय नगरपालिकाभित्र रहेका कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थानमा बढी संख्यामा पर्यटक आएकैले प्रदेश नं १ सरकारले पर्यटकीय नगरी भनेर घोषणा समेत गरिसकेको छ । रासस