• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दाङमा दुई महिलाको हत्या ★   नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड ★   वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो ★   ‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन… ★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

आईपीएलमा आज: गुजरात र बेंगलुरु भिड्दै, यस्तो छ हेड टु हेड



एजेन्सी । आईपीएल २०२४मा आज डबल हेडर खेलिनेछ। आजको पहिलो खेल गुजरात टाइटन्स (जीटी) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच हुनेछ।

खेल गुजरातको घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच एमए चिदम्बरम स्टेडियममा बेलुका ७:४५ बजे हुनेछ।

हेड टु हेडमा गुजरात अगाडि

आईपीएलमा गुजरात र बेंगलुरुबीच कुल ३ खेल खेलिएका छन् । जसमा गुजरातले २ खेल जितेको छ भने बेंगलुरुले
एक खेल जितेको छ ।

सुदर्शन जीटीका सर्वाधिक रन स्कोरर

गुजरातले आज आफ्नो १० औं खेल खेल्दैछ । टोली ९ खेलबाट ४ जित र ५ हारसहित ८ अंकसहित ७ नम्बरमा छ । टोलीका ब्याट्सम्यान साई सुदर्शन उत्कृष्ट फर्ममा छन् । सुदर्शनले टोलीको लागि सर्वाधिक रन बनाएका छन् । उनले ९ खेलमा ३ सय ३४ रन बनाएका छन् । मोहित शर्मा १० विकेट लिएर सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

कोहली आरसीबी र सिजन दुवैमा सर्वाधिक रन स्कोरर

आज बेंगलुरु सिजनको १० औं खेल खेल्दैछ । आरसीबीले पछिल्लो ९ खेलमध्ये २ मात्रै जित्न सकेको छ । ७ पराजयपछि ४ अंकसहित अंक तालिकाको पुछार १० औं स्थानमा छ । बेंगलुरुका पूर्व कप्तान विराट कोहली टोली र सिजन दुवैको सर्वाधिक रन स्कोररहुन्। यश दयाल टीमको लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

गुजरात टाइटन्सको सम्भावित प्लेईङ​ ११:

शुभमन गिल (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), डेभिड मिलर, अजमातुल्लाह ओमरजाई, राहुल तेवाटिया, शाहरुख खान, राशिद खान, साई किशोर, नूर अहमद, मोहित शर्मा, र सन्दीप वारियर।

ईम्प्याक्ट प्लेयर: साई सुदर्शन।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, विल ज्याक, क्यामरुन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरर, कर्ण शर्मा, लोकी फर्गुसन, मोहम्मद सिराज र यश दयाल।

इम्प्याक्ट प्लेयर: स्वप्निल सिंह।