१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: गुजरात र बेंगलुरु भिड्दै, यस्तो छ हेड टु हेड



अ+ अ-

एजेन्सी । आईपीएल २०२४मा आज डबल हेडर खेलिनेछ। आजको पहिलो खेल गुजरात टाइटन्स (जीटी) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच हुनेछ।

खेल गुजरातको घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच एमए चिदम्बरम स्टेडियममा बेलुका ७:४५ बजे हुनेछ।

हेड टु हेडमा गुजरात अगाडि

आईपीएलमा गुजरात र बेंगलुरुबीच कुल ३ खेल खेलिएका छन् । जसमा गुजरातले २ खेल जितेको छ भने बेंगलुरुले
एक खेल जितेको छ ।

सुदर्शन जीटीका सर्वाधिक रन स्कोरर

गुजरातले आज आफ्नो १० औं खेल खेल्दैछ । टोली ९ खेलबाट ४ जित र ५ हारसहित ८ अंकसहित ७ नम्बरमा छ । टोलीका ब्याट्सम्यान साई सुदर्शन उत्कृष्ट फर्ममा छन् । सुदर्शनले टोलीको लागि सर्वाधिक रन बनाएका छन् । उनले ९ खेलमा ३ सय ३४ रन बनाएका छन् । मोहित शर्मा १० विकेट लिएर सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

कोहली आरसीबी र सिजन दुवैमा सर्वाधिक रन स्कोरर

आज बेंगलुरु सिजनको १० औं खेल खेल्दैछ । आरसीबीले पछिल्लो ९ खेलमध्ये २ मात्रै जित्न सकेको छ । ७ पराजयपछि ४ अंकसहित अंक तालिकाको पुछार १० औं स्थानमा छ । बेंगलुरुका पूर्व कप्तान विराट कोहली टोली र सिजन दुवैको सर्वाधिक रन स्कोररहुन्। यश दयाल टीमको लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

गुजरात टाइटन्सको सम्भावित प्लेईङ​ ११:

शुभमन गिल (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), डेभिड मिलर, अजमातुल्लाह ओमरजाई, राहुल तेवाटिया, शाहरुख खान, राशिद खान, साई किशोर, नूर अहमद, मोहित शर्मा, र सन्दीप वारियर।

ईम्प्याक्ट प्लेयर: साई सुदर्शन।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, विल ज्याक, क्यामरुन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरर, कर्ण शर्मा, लोकी फर्गुसन, मोहम्मद सिराज र यश दयाल।

इम्प्याक्ट प्लेयर: स्वप्निल सिंह।