• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने



काठमाडौँ । ५ खेलको टी–२० शृङखला अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । वेस्ट इन्डिज ए का कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालीले पहिलो खेलमा खेलेका टोलीमा ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् ।

पहिलो खेल खेलेका विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् ।

नेपाली टोलीः
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल