६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन्ः राजन भट्टराई(भिडीयोसहित)



अ+ अ-

नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ ।

बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताउनु भयो ।

उहाँले सन् २०१६ मा गठित ईपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताउनु भयो । उहाँले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ । यद्यपी यो प्रतिवेदन थियो । उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपथ्र्यो प्रतिवेदन बुझेर त्यो काम भारतिय पक्षबाट भएको छैन । हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कुटनीतिक माध्यमबाट यी विषयहरु उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ । र नेपालको तर्फबाट हामी त्यो भुमिका खेल्नेछौँ ।’

उहाँले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर प्रतिवेदनका कुराहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।