• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

ईपिजीको प्रतिवेदन बुझ्न नरेन्द्र मोदीले समय दिएनन्ः राजन भट्टराई(भिडीयोसहित)



नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ ।

बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताउनु भयो ।

उहाँले सन् २०१६ मा गठित ईपिजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन नबुझेका कारण अड्किएको बताउनु भयो । उहाँले एमाले सरकारमा आएपछि अड्किएका विषयवस्तुहरुलाई कुटनीतिक माध्यमबाट उठाउने र सहमति भएका विषयलाई कार्यान्वयन गर्नमा जोड दिइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भारतीय पक्षले उनीहरुको प्रधानमन्त्रीको समय दिनुपर्ने हो । त्यो दिन नसकेका कारण यो अड्किएर बसेको छ । यद्यपी यो प्रतिवेदन थियो । उहाँहरु प्रधानमन्त्रीको तहबाट भएको काम थियो । यसलाई उहाँहरुले कार्यान्वयनको तहमा लिएर जानुपथ्र्यो प्रतिवेदन बुझेर त्यो काम भारतिय पक्षबाट भएको छैन । हामी भोलि सरकारमा आइसकेपछि यस्ता अड्किएका विषयहरुलाई कुटनीतिक माध्यमबाट यी विषयहरु उठाउने र सहमति भएका विषयलाई कार्यान्वयनमा लानुपर्ने कुरामा हाम्रो जोड रहन्छ । र नेपालको तर्फबाट हामी त्यो भुमिका खेल्नेछौँ ।’

उहाँले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर प्रतिवेदनका कुराहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।