१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी



अ+ अ-

काठमाडौँ । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पुर्याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ ।

पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुुर्याउने लक्ष्य समेत सो दलले राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज यहाँ सार्वजनिक गर्नुभएको घोषणापत्रमा प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र आगामी पाँच वर्षभित्र त्यसलाई दुई अङ्कमा पु¥याउने लक्ष्य राखिएको छ । नेपाली अर्थतन्त्रलाई विश्वको उदीयमान अर्थतन्त्र बनाउने सो दलले उल्लेख गरेको छ ।

उद्योग व्यवसाय दर्ताका लागि आवेदन परेको सात दिनभित्रै स्वीकृति दिने, स्वीकृति दिन नसकिने भए कारण खोली त्यसको जानकारी दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ । कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने उल्लेख गरेको सो दलले सार्वजनिक, सहकारी, निजीलगायतका सबै माध्यमबाट आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने योजना अगाडि सारेको छ ।

राष्ट्रिय बचत वृद्धि गरी लगानीको दायरा विस्तार गर्ने र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र निर्माण गर्ने, ठूला पूर्वाधारमा लगानी विस्तार गर्ने, प्राकृतिक स्रोत, साधन, पूँजी, जनशक्ति र प्रविधिको पूर्ण परिचालन गर्दै जिडिपीमा प्रदेशको योगदानमा रहेको असन्तुलन घटाउने नीति अबलम्वन गर्ने लक्ष्य राखेको छ ।

‘दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर’ भन्ने नारा तय गरेको सो पार्टीले समातामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार पार्ने र नेपाली अर्थतन्त्रको विस्तार गर्ने विषयलाई घोषणापत्रमा समावेश गरेको छ ।