• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो ★   प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी ★   रामेछापमा जुनारको जुस बिक्री बढ्यो ★   गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण

निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २०० वटा गाडी उपहार(तस्बिरहरु/भिडीयोसहित)



काठमाडौँ । भारत सरकारले नेपाललाई उपहारस्वरुप २०० वटा सवारी साधन दिएको छ । आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सहयोग पुर्याउन ती सवारी साधन दिइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको यी सवारी साधन निर्वाचनका दौरान प्रयोग गरिने छ । राजदूतावासका अनुसार १२० सवारी साधन सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयेगले प्रयोग गर्नेछन् ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा अर्थमन्त्री शर्माले यी सवारी साधन उपहारसहित नेपालसँगको विकास साझेदारीमा निरन्तर सहयोग गरेकोमा भारत सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

निर्वाचन सञ्चालनका लागि नेपालका विभिन्न संस्थाको लजिस्टिक प्रबन्धलाई थप मजबुत बनाउन यी सवारी साधन उपयोगी साबित हुने विश्वास भारतीय राजदूतावासले लिएको छ।भारत सरकारले विगतका वर्षहरुमा पनि नेपाल सरकारको अनुरोधबमोजिम निर्वाचन आयोग र नेपालको सुरक्षा निकायलाई उपयोग गर्नका लागि सवारी साधनका रुपमा सहयोग गर्दै आएको छ ।

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब दुई हजार र नेपाली सेना र निर्वाचन आयोगलाई करिब चार सय सवारी साधन गरी निर्वाचनमा सहयोग गर्न उपहार दिइएको राजदूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भारत र नेपालले बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीले दुवै देशका जनताको निकटता झल्काउने बताएको छ। यी लजिस्टिक प्रावधानहरूको विस्तारले भारत सरकारको जनतासँगको सम्बन्धको विकासमा योगदान पुर्‍याउने निरन्तर सहयोगलाई झल्काउने विज्ञप्तिमा उल्लेख छ।