२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २०० वटा गाडी उपहार(तस्बिरहरु/भिडीयोसहित)

निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २०० वटा गाडी उपहार(तस्बिरहरु/भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । भारत सरकारले नेपाललाई उपहारस्वरुप २०० वटा सवारी साधन दिएको छ । आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सहयोग पुर्याउन ती सवारी साधन दिइएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको यी सवारी साधन निर्वाचनका दौरान प्रयोग गरिने छ । राजदूतावासका अनुसार १२० सवारी साधन सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयेगले प्रयोग गर्नेछन् ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा अर्थमन्त्री शर्माले यी सवारी साधन उपहारसहित नेपालसँगको विकास साझेदारीमा निरन्तर सहयोग गरेकोमा भारत सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

निर्वाचन सञ्चालनका लागि नेपालका विभिन्न संस्थाको लजिस्टिक प्रबन्धलाई थप मजबुत बनाउन यी सवारी साधन उपयोगी साबित हुने विश्वास भारतीय राजदूतावासले लिएको छ।भारत सरकारले विगतका वर्षहरुमा पनि नेपाल सरकारको अनुरोधबमोजिम निर्वाचन आयोग र नेपालको सुरक्षा निकायलाई उपयोग गर्नका लागि सवारी साधनका रुपमा सहयोग गर्दै आएको छ ।

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब दुई हजार र नेपाली सेना र निर्वाचन आयोगलाई करिब चार सय सवारी साधन गरी निर्वाचनमा सहयोग गर्न उपहार दिइएको राजदूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भारत र नेपालले बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीले दुवै देशका जनताको निकटता झल्काउने बताएको छ। यी लजिस्टिक प्रावधानहरूको विस्तारले भारत सरकारको जनतासँगको सम्बन्धको विकासमा योगदान पुर्‍याउने निरन्तर सहयोगलाई झल्काउने विज्ञप्तिमा उल्लेख छ।