• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

दिल्लीको जुत्ता कारखानामा आगलागी, २ जनाको मृत्यु



एजेन्सी । भारतको राजधानी दिल्लीको नरेलास्थित एक जुत्ता कारखानामा मंगलबार बिहान आगलागी भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २ जनाको ज्यान गएको छ । भवनबाट २० जनालाई बाहिर निकालिएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

१० दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

कारखानाको तेस्रो तल्लामा आगलागी भएको हो । आगलागी हुँदा त्यहाँ एक सय जना कामदार थिए । दमकलको कर्मचारीले सिँढीबाट मजदुरको उद्धार गरेका थिए । धेरै अझै पनि केही मानिस भित्र फसेका छन् भने मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।