५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको जुत्ता कारखानामा आगलागी, २ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीको नरेलास्थित एक जुत्ता कारखानामा मंगलबार बिहान आगलागी भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २ जनाको ज्यान गएको छ । भवनबाट २० जनालाई बाहिर निकालिएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

१० दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

कारखानाको तेस्रो तल्लामा आगलागी भएको हो । आगलागी हुँदा त्यहाँ एक सय जना कामदार थिए । दमकलको कर्मचारीले सिँढीबाट मजदुरको उद्धार गरेका थिए । धेरै अझै पनि केही मानिस भित्र फसेका छन् भने मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।