• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

अर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिनुभएको थियो ।