२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य एमालेमै फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा एमालेमै फर्किनुभएको छ ।

सोमबार बसुन्धारामा एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमै फर्किनुभएको हो । उहाँहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नुभएका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै भिजन नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताउनुभयो । श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं। ५ को युवा परिचालनको सचिव भएर काम गर्नुभएको थियो । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उहाँले बताउनुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गर्नुभयो । राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश द्को अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।