• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द ★   सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ: प्रेम सुवाल

समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन



काठमाडौँ । नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ । कांग्रेसले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठित उक्त समितिमा भारतका विभिन्न सात क्षेत्रलाई समेटेर तीन सय ६० सदस्य मनोनित गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति का संयोजक गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं केन्द्रीय परिचालन समितिका सदस्य बालकृष्ण पाण्डेको संयोजकत्वमा गठन गर्नुभएको नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा तीन सय ६० सदस्यहरु मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा उत्तर भारत, पश्चिम उत्तर भारत, पश्चिम भारत, दक्षिण पश्चिम भारत, दक्षिण भारत, पूर्वोत्तर क्षेत्र र मध्य भारत क्षेत्र समेटिएर सदस्य मनोनित गरेको जनाइएको छ ।