१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना ?

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना ?
अ अ+ अ-

सुर्खेत । सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो । चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उहाँ खेतबारीमा जानुभएको थियो । द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिर्सिनुभएको थियो । तर कात्तिक १२ गते शनिबारको दिन बिहानै बिर्सिएको त्यो आवाज मात्रै सुनिएन, उहाँको घरमा रुवाबासीसमेत चल्यो । यो घटना हो, कालिकोट तिलागुफा नगरपालिका १० रानाबडाको ।

नजिकै कोदो बारी थियो । शनिबार बिहानै त्यही कोदोबारी नजिकै केटाकेटी खेल्दै थिए । थापा आफ्नो धानबारीमा धान काट्तै हुनुहुन्थ्यो । प्रवलालसँगै उहाँका तीनजना छोरी, श्रीमती र एकजना भाइ नाता पर्ने पनि उहाँसँगै थिए । प्रवलालको छोरा सात वर्षीय कमल थापा, उहाँका भाइ जयलाल थापाका छोरा पाँच वर्षीय मुस्कान थापा, मुस्कानकी बहिनी तीन वर्षीया झरना थापा, चारवर्षीय सरस्वती थापा, दर्शना राना र अर्का एक बालकसमेत सँगै घरनजिकैको कोदोबारीमा खेल्दै थिए ।

चाडबाडको रौनकतामै रहेका परिवार र ती बालबालिकाले खेल्दै गरेको दृश्य देख्दा त्यस्तो कुनै ठूलै दुर्घटना होला भन्ने सोच थिएन प्रवलाललाई । केही हप्ता अगाडिको त्यत्रो बाढी र पहिरोको जोखिममा पनि सुरक्षित राखेका छोराछोरी द्वन्द्व सकिएको १६ वर्षपछि बम विस्फोटमा पर्लान् भन्ने कुनै डर थिएन । तर जुन कुराको डर थिएन त्यही कुराले पीडा दियो ।

भर्खरै चाडबाड सकिएकाले कामको चटारो उत्तिकै थियो । दिनभरि धान काटेर सक्ने योजना बनाएका प्रवलालको कानमा एक्कासि बम बिस्फोटको आवाज आयो । करिब बिहानको साढे सात बजेको थियो । बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो । धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन । धुवाँ देखेपछि उहाँलाई छाँगाबाट खसेजस्तो भयो । उहाँको होस उड्यो ।

धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिनुभयो । जब प्रवलाल घरमा पुग्नुभयो घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ । आफ्नो छोरासहित पाँचजना घाइते देखेपछि उहाँले केही सोच्नै सक्ुनभएन । एक बालक भने अलि टाढा भएकोले कुनै चोट लागेको रहेनछ । प्रवलाल भन्नुहुन्छ, “सोच्दै नसोचेको घटना भयो, म त त्यो घटना सपना हो कि भन्ने जस्तो मान्छु, तर हामीलाई त्यो १६ वर्षसम्म भएको द्वन्द्वमा केही नभएको शान्ति भएपछि भयो ।”

स्थानीयवासीले वडासदस्यलगायत जनप्रतिनिधिहरूलाई घटनाको विषयमा जानकारी गराए । छिमेकीहरू पनि के भयो ? भन्दै घटनास्थलमा आत्तिँदै आए । प्रहरीलाई पनि जानकारी गराइयो ।

तिलागुफा नगरपालिकाको पहलमा हेलिकोप्टरमा तत्काल घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा करिब ११ बजे ल्याइयो । अस्पतालमा पुगेपछि पनि चार वर्षीय सरस्वती रानाको ज्यान बचाउन नसकिएकामा प्रवलालले दुःख व्यक्त गर्नुभयो ।

“मेरो छोरा र भाइको छोराको अपरेसन भएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म खर्च त केही गर्नुपरेको छैन । पीडाले मुटु भतभती पोलिरहेको छ, तर मृतक र घाइतेहरूको विषयमा प्रदेश सरकार र सङ्घीय सरकार पनि गम्भीर भएनन ।” गम्भीर घाइते दर्शना राना अहिले पनि प्रदेश अस्पताल सुर्खेतको आयुसियु कक्षमा छिन् । उनको अवस्था स्थिर छ । अन्य दुईजनाको अपरेसन भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

तत्कालीन सशस्त्र द्वन्द्वको बेलामा अन्य दुःख पाइए पनि आफ्नो ज्यान जोगाएर बसेको यत्रो वर्षपछि त्यही द्वन्द्वले पीडा दिएको पीडितहरू बताउँछन । छोराछोरीहरू कहिले निको हुनेहुन् कुनै टुङ्गो छैन । कमलको दुवै खुट्टा र एउटा हातमा चोट छ । मुस्कानको भने एउटा खुट्टामा मात्रै चोट छ । दुवै छोरालाई एक्लै उहाँले हेरचाह गरिरहनुभएको छ ।

भाइ जयलाल छोरी गुमाएको पडिामा अस्पताल आउन सक्नुभएन । उहााको छोरालाई पनि प्रवलालले हेरविचार गरिरहनुभएको छ । उहाँले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई पूर्ण उपचार, उच्चशिक्षा तथा अवस्था हेरेर रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गर्नुभयो ।

स्थानीय तहले सबै उपचार खर्च व्यहोरेको भए पनि यसमा प्रदेश र सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “यसको जिम्मा राज्यले लिनुपर्छ । कसका लागि केका लागि द्वन्द्व भएको थियो रु शान्ति भइसकेपछि पनि हामी सोझा नागरिकले छोरा–छोरी गुमाउनुपर्ने किन रु”, उहाँ प्रश्न गर्नुहुन्छ ।

बिस्फोट भएको ठाउँ घर नजिकै हो । आफँैले रोपेको कोदोबारी, कुलो पनि त्यही बारीबाट बग्छ । प्रवलाल जहिले पनि त्यही कोदोबारी गोडमेलमा जानुहुन्थ्यो । तर बिस्फोटक पदार्थ कहाँबाट आयो भन्ने उहाँलाई जानकारी छैन ।

बिस्फोटक पदार्थका विषयमा प्रहरीले अनुसन्धान गर्दै गरेको भए पनि द्वन्द्वकालको समयमा लुकाएर राखिएको बिस्फोटक पदार्थ गत महिनामा परेको झरीले बगाएर ल्याएको वा कसैले फालिदिएको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।

अनुसन्धानका क्रममा उक्त बिस्फोटक पदार्थ पुरानै सकेट बम भएको पत्ता लागेको प्रहरीले बताएको छ । बालबालिकाहरूले खेलाउने क्रममा बिस्फोट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो ।

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको र राहत तथा क्षतिपूर्तिको विषयमा प्रदेश सरकार तथा सङ्घीय सरकार गृह मन्त्रालयमा समेत समन्वय गरिहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको छ, उचित क्षतिपूर्तिका विषयमा हामीले प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।”