६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

महिनादिन लामो नेपाल भ्रमणमा नेपथ्य

महिनादिन लामो नेपाल भ्रमणमा नेपथ्य
अ+ अ-

काठमाडौं । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दैआएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ ।

आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारीख देखि ३१ तारीख सम्म) नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसैपालादेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदैछ ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरु नेपथ्यकै सक्रियता एवं सहभागीतामा अघिबढेको थियो । यस्ता अभियानमा श्रोताहरुका प्रिय ब्याण्ड नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास पनि गथ्र्यो ।

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोँच लिएको हो । यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानवसेवा आश्रम’ सँग हातेमालो गरेको छ ।

घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानशिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसकयता सक्रिय छ । यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।

‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती बिराटनगरमा हुनेछ । मंसिर १६ गते ९डिसेम्बर २ तारीख० शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ । मंसिर १९ गते (डिसेम्बर ५ तारीख) वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ । त्यसैगरि मंसिर २२ गतेका दिन (डिसेम्बर ८ तारीख) हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरु सुनाइनेछन् ।

हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।

‘साँगीतिक क्षेत्रमा लागेका संस्थाहरुमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक वल अत्यन्त उच्च देखिएकै कारण हामी सहकार्यका लागि हौसिएका हौं’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यो सहकार्यले हाम्रो अभियानमा मुलुकभर विशेषतः तन्नेरी पुस्तालाई जोड्न महत्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौं ।’

हेटौंडापछि २५ मंसिरका दिन (डिसेम्बर ११ तारीख) नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ । मंसिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन (डिसेम्बर १५ तारीख) आयोजना गरिनेछ । त्यसपछि पुसको ३ गते (डिसेम्बर १८ तारीख) ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ ।

त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन ९डिसेम्बर २१ तारीख० कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरु सुनाउनेछ । त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते (डिसेम्बर २४ तारीख) प्रस्तुत गर्नेछ ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ । पुसको १२ गते (डिसेम्बर २७ तारीख) मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ ।

यसरी मुलुकका सम्पूर्ण प्रदेशहरु घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ ।

काठमाडौंमा भने पुस १६ गते (डिसेम्बर ३१ तारीख) शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ । नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो ।

ब्याण्डले यि प्रदर्शनहरु मार्फत् बेसहारा बन्नपुगेका नेपालीहरुको आवाज बनिदिने मात्र नभइ उनीहरुको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ । ‘हामीले गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्नलागेका छौं ।’

द्वन्द्वकालमा साँगीतिक कार्यक्रम लिएर देशब्यापी यात्रा गर्दा ठाउँ ठाउँमा मानशिक सन्तुलन गुमाएका मानिसहरु अलपत्र परेको दृश्यले अमृतलाई नरमाइलो लाग्थ्यो । अब भने त्यस्ता नेपालीहरुको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्नपाउँदा मनमा सन्तोष लागेको उनी बताउँछन् ।
यो अभियानसँगै अब नेपथ्यका गीतहरु ‘मानवताको लागि संगीत’ बन्नपुगेको अमृतको धारणा छ ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । मुलुकभरका कन्सर्टहरुको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरुले ती–ती स्थानमा यसलाई सघाउनेछन् ।

‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनी शो आयोजना गर्नलागेका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एकातिर यसले सर्वत्र एकरुपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रुपमा पनि स्थानीय श्रोता दर्शकले कन्सर्टको आनन्द लिनपाउने छन् ।’