५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै



अ+ अ-

काठमाडौँ । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो ।

उहाँका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले दिउँसोको आफ्नै उडान र अरु वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली पु¥याउने तयारी रहेको छ ।

केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए ।

प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ–दिल्ली दुई वटा उडानको तालिका छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेकामा आइतबार बिहान विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए ।

काठमाडौँ–दिल्ली आइतबारको १ः४५ बजेको उडान रद्द हुँदा दुई सय ४७ जनामध्ये एक सय जना कोड सेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए ।