९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउ–दानव करिडोरको काम स्थानीयवासीको व्यवस्थापनपछि– विष्णु पौडेल



file
अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तिनाउ–दानव करिडोरको काम अगाडि बढाउन स्थानीयवासीको व्यवस्थापन पहिलो शर्त भएको बताउनुभएको छ । करिडोर निर्माण गर्दा नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको उल्लेख गर्दै उहाँले स्थानीयबासिन्दाको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।

सोमबार बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उहाँले पूर्वाधार विकास योजनका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको आरोप लगाउनुभयो । राजनीतिक स्वार्थपूतिका निम्ति जनतालाई आतंकित पार्ने काम गलत भएको उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि कोरिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले यसबाट कोही जनतालाई पनि घरबासविहीन नबनाइने उल्लेख गर्नुभयो ।