२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न सकिदैन: बेदुराम भुसाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताउनु भएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिवद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाई थियो ।

महासचिव भुसालले आफूहरुले घोषणा पत्रमा पार्टी सरकारमा नरहने परिस्थिति आयो भने पनि जन प्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्नै कुरा उल्लेख गरिएको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं ।’

यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ । हामीले यो घोषणा पत्रमै के भनेका छौं भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धताहरुलाई कार्यान्वयनमा उर्ताछौं । यदि हामी सरकारमा रहनौं भने हामी हाम्रा आवाजहरु जनताको आवाजको रुपमा जनप्रतिनिधिको रुपमा उठाईरहन्छौं । हाम्रोतर्फबाट हामीले पहल गरिरहन्छौं भनेका छौं । कुरा यही हो ।’

‘गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गछौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकूलनै हाम्रा कुराहरु लिएर अघि बढछौं ।’

महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरुले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताउनु भयो ।