२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

लुम्बिनीमा एकैदिन चार सङ्क्रमितको मृत्यु

लुम्बिनीमा एकैदिन चार सङ्क्रमितको मृत्यु
अ अ+ अ-

लुम्बिनी । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । 

यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका– १५ निवासी ४५ वर्षीय पुरुष र सुर्खेतको भेरीगङ्गा नगरपालिका– १० निवासी ३९ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार लुङग्री– ६ रोल्पा निवासी ५८ वर्षीय पुरुषको आज बिहान २ः०० बजे, तुलसीपुर–१५ दाङ निवासी ४५ वर्षीय पुरुषको आज बिहान ८ः३० बजे र भेरीगङ्गा–१० सुर्खेत निवासी ३९ वर्षीय महिलाको बिहान उपचारका क्रममै मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोना सङ्क्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३८६ व्यक्तिको मृत्यु भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा पुनः कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताउनुभयो । 

यस्तै दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । ती महिला साउन १५ गतेदेखि सघन उपचार कक्षमा उपचाररत थिइन् । उनमा निमोनियासँगै श्वासप्रश्वासमा पनि समस्या थियो । अहिले अस्पतालको सघन उपचार कक्षमा छ जनाको उपचार भइरहेको छ ।