२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमो दुर्घटनामा चालकको मृत्यु , पाँच घाइते



अ+ अ-

मकवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै  गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने चारजना घाइते भएका छन् ।  मृत्युहुनेमा  सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।

घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।